फ्रान्सको ९ सहरमा कर्फ्यु लागु

2 years ago

फ्रान्सको ९ सहरमा कर्फ्यु लागु

विश्वव्यापी रुपमा फैलिएको कोराना भाइसको संक्रमण बढ्दै गएपछि फ्रान्सका ९ शहरमा कर्फ्यु लागु गर्ने  भएको छ ।

कोरोना संक्रमण रोकथामका लागि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय गरिएको बताएका छन् ।आउँदो  शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गरेका हो ।  कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ ।

फ्रान्समा हालसम्म ७ लाख ७९ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।