फ्रान्सको ९ सहरमा कर्फ्युको घोषणा

2 years ago

फ्रान्सको ९ सहरमा कर्फ्युको घोषणा

कोराना भाइसको संक्रमण बढ्दै गएपछि फ्रान्सका ९ शहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । 

कोरोना संक्रमणको कारणले फ्रान्सको राष्ट्रपतिले इमानुयल म्याक्रोले संक्रमण रोकथामका लागि राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय गरिने भएको छ । शनिबारदेखि लागु गरिने गरी कर्फ्यु लगाउने निर्णय गरिने छन् ।

टेलिभिजनको अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि ९ सहरमा राति रातिदेखि कर्फ्यु लगाउने घोषणा गरेका हुन् ।

तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ । दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।