प्लेस्टोरबाट ६ ओटा एप हटायो

2 years ago

प्लेस्टोरबाट ६ ओटा एप हटायो

गुगुलले भाइरस भएको र अन्य एपलाई प्रभावित बनाएको भन्दै  ६ ओटा  एप्लिकेशन प्लेस्टोरबाट हटाएको छ ।

साइबर सेक्युरिटी रिसर्जचरका अनुसार गुगलले जोकर भाइरसका कारण ती एप गुगलबाट हटाएको हो । कन्भिनेन्ट स्क्यानर २, सेफ्टी एपलक, पुस म्यासेज-टेक्स्टिङ एण्ड एसएमस, इमोजी वालपेपर, सेपरेट डक स्क्यानर र फिंगरटिप गेमबक्स लगायतका एप हटाएको छ। जोकर एउटा यस्तो भाइरस हो जसले नचाएको प्रिमियम सेवा देखाउछ । यसले प्रयोगकर्ताले नचाहंदा नचाहँदै पनि क्लिक भएर प्रयोगकर्तासम्म पुग्छ ।

गुगलले सन् २०१७ देखि हालसम्म यस्तो भाइरस भएका १७ सय बढी एप हटाइसकेको छ ।