प्रिमियर लिग फुटबलमा आर्सनलको उत्कृष्ट सुरुवात

2 years ago

प्रिमियर लिग फुटबलमा आर्सनलको उत्कृष्ट सुरुवात

शनिबार भएको  प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट सुरुवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा आर्सनलले  फुलहमलाई ३–० गोलले हराएको थियो । फुलहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक–एक गोल गरे । खेलको  पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गर्दै खेललाई रोमञ्चक बनाएको थियो ।

खेलको ४९ औँ मिनेटमा ग्राबियलले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए  । खेलको ५७ औं मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।