प्रतिनिधिसभामा लिपुलेक देखि रुकुम घटना सम्मको मुद्धा पेस

2 years ago

प्रतिनिधिसभामा लिपुलेक देखि रुकुम घटना सम्मको मुद्धा पेस

सांसदहरुले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर बनाएको सडकमा भारतले यातायात सञ्चालनको तयारी गरेको भन्दै सांसदहरूले त्यसलाई रोक्ने पहल थाल्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा नेकपाका सांसद विरोध खतिवडाले उक्त क्षेत्र भएर भारतले मानसरोवर जाने गरी यातायात सञ्चालन गर्न लागेको जनाउँदै जसरी पनि रोक्नुपर्ने बताउनुभएको हो । त्यहाँ सडक यातायात सञ्चालनमा आएमा अन्य भौतिक संरचना निर्माण हुने भएकाले सरकारले समयमै रोक्न पहल गर्नुपर्ने उहाँको भनाई छ ।

सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको पक्षमा उभिने काँग्रेसको निर्णय सकारात्मक रहेको र यस विषयमा संसदमा रहेका दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद लालबाबु पण्डितले स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै सङ्घीय सरकारलाई थप सहयोग गर्न माग गर्नुभयो ।

सांसद शान्ता चौधरीले प्रेमकै कारण मृत्युसम्म पुगेको रुकुम घटना अपराधजन्य चर्चा गर्दै दोषीलाई कारवाही गर्न माग गर्नुभयो । सांसद सत्यनारायण शर्मा खनालले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाई सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।