पूर्ण बजेट ल्याउन जोड दिदै अर्थमन्त्री डा. युवराज खतिवडा

2 years ago

पूर्ण बजेट ल्याउन जोड दिदै अर्थमन्त्री डा. युवराज खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सम्वृद्धिको नारा सफल पार्न पूर्ण बजेट नै ल्याउने बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बुधबार बजेटका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सरकारले लिएको आर्थिक सम्वृद्धिको नारा सफल पार्नका लागि अहिले पूर्ण बजेटको नै आवश्यकता रहेका बताउनुभउको हो ।

उहाले आर्थिक पुनरोत्थानलाई सरकारले ध्यान दिएको र बजेट निर्माणका क्रममा प्राथमिकतामा राख्ने पनि बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा र माध्यमिक तहसम्मको शिक्षालाई बलियो बनाउँदै लैजान सरकारको भूमिका बढाउने, रोजगारीको क्षेत्रमा लगानी नबढाउने हो भने पैसा मात्रै बाँडेर नपुग्ने उहाले बताउनुभयो ।

खतिवडाले गत जनवरीसम्ममा नेपालको उच्च आर्थिक वृद्धिदरका विषयमा अन्तर्रा्िष्ट्रय निकायहरु पनि सहमत रहेको बताउनुभयो । उहाले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीका लागि सरकारले उचित तवरले बजेट बिनियोजन गर्ने बताउनुभयो ।

बैठकमा सभामुख अग्नि सापकोटाले आगामी जेष्ट २ गते शुक्रबार चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति बिद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिनुभयो ।