पिएसजीका एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि

2 years ago

पिएसजीका एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ( पिएसजी )का फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि  भएको छ ।

उनलाई कोरोना संक्रमण  पुष्टि भएपछि  युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा उनले सहभागिता जनाउन नपाईने भएको छ गत साता नेमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका गरिएको छ ।

२१ वर्षीय एमबाप्पेले यसअघि नेशन्स कपमा स्वीडेनलाई १-० ले हराउँदा निर्णायक गोल गरेका थिए । उनलाई अहिले टिमभन्दा बाहिर घरमा पठाई सकिएको छ । फ्रान्सले नेशन्स लिग अन्तर्गत मंगलबार घरेलु मैदान स्टेड डे फ्रान्समा क्रोएसियासँग खेल्दैछ ।