नेपाली सेना पत्रकार सम्मेलन

2 years ago

नेपाली सेना पत्रकार सम्मेलन

नेपाली सेनाले २ अर्ब २६ करोड ७ लाख ८१ हजार रुपैया बराबरेको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरु चीनबाट ल्याउने भएको छ ।

चीनको सरकारी कम्पनी सिनो फार्मसँग गरेको सम्झौताअनुसार अनुसार सेनाले उक्त फार्मलाई राष्ट्र बैंकमार्फत एक करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । उक्त डलरको नेपाली रुपैयाँ करिब २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ हुन आउँछ ।

सम्झौता गरेको दुई दिनभित्र रकम भुत्तानी गर्नु पर्ने व्यवस्थाअनुसार सेनाले वैशाख ७ गत नै भुक्तानी गरिसकेको छ । नेपालको तर्फबाट सेनाका सम्भाररथी प्रभुराम शर्मा र चीनको तर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिबीच सम्झौता भएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

प्रवक्ता पाण्डेले उक्त कम्पनीले सम्पूर्ण सामग्री गोन्जाउमा जम्मा गरिदिने र त्यसपछि ढुवानी गरेर नेपाल ल्याउने बताउनुभयो । उहाले  अतिआवश्यक सामग्रीहरु जस्तै पीपीई, एन–९५ र पीसीआर टेष्टका सामग्रीहरुलाई पहिलो चरणमा वाइडवडी वा अन्य विमानबाट छिटै ल्याउने बताउनुभयो ।

प्रवक्ता पाण्डेले सम्झौता अनुसार फर्मले पैसा प्राप्त भएको सात दिन भित्रमा अतिआवश्यक सामग्री जम्मा गरिदिने र गोन्जाउमा रहेको महावाणिज्य दुतावासले खबर गर्ने र त्यसलाई ल्याउनको लागि जहाजको तयारी गर्ने पनि बताउनुभयो ।

उहाले विश्वभरबाट स्वास्थ्य सामग्री माग भएकोमा नेपाल ८१ औ नम्बरमा परेको चिनियाँ पक्षले जानकारी दिएको बताउनुभयो । भारतबाट भने औषधि ल्याउन अझै केही सामय लाग्ने भएको छ । प्रवक्ता पाण्डेका अनुसार भारतबाट ल्याउने औषधिहरु दोस्रो चरणमा पछि आवश्यक पर्ने छन् ।

सेनाले भारतलाई ५३ थरी औषधि र सामग्रीको सुची पठाएको छ । तर रेट भने नआएको सेनाले जनाएको छ ।