नेपाली भूमि अतिक्रमण

2 years ago

नेपाली भूमि अतिक्रमण

भारतले नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर यात्राका लागि नयाँ बाटो बनाएको विरोधमा नेपालीस्थीत भारतीय दूतावास घेराउ गर्न गएका बिद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन र घेराउ गर्न गएका २० भन्दा बढि बिद्यार्थीहरुलाई भूगर्भ विभाग नजिकैबाट प्रहरीले पक्राय गरेको हो । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको हो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला लिपुलेक लिङ्क रोड उद्घाटन गरेका थिए । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।