नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ

2 years ago

नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ

लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत–चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको नेविसंघले जनाएको छ ।

काठमाडौंमा नेविसंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापन पत्र बुझाइएको नेविसंघ काठमाडौंका कार्यबहाक अध्यक्ष जिवन श्रेष्ठले बताउनुभयो ।

नेपालको सीमा मिचिसक्दा पनि नेपाल सरका बेखबर रहेको भन्दै उहाले यसमा सरकारले बिशेष ध्यान दिनुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै नेविसंघका निर्वतमान केन्द्रीय सदस्य प्रेम बहादुर शाहीले पहिलो चरणको आन्दोलन स्वरुप ज्ञापन पत्र बुझाएको भन्दै सीमा रक्षाका लागि सरकार गम्भीर नभए आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ ।