नेपाल भित्रिएको दुई साताभित्र पीसीआर परीक्षण गर्न निर्देशन

2 years ago

नेपाल भित्रिएको दुई साताभित्र पीसीआर परीक्षण गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भारतीय सीमाबाट नेपाल भित्रेर क्वारेन्टाइनमा बसेका नेपालीहरुको दुई साताभित्र पीसीआर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नेपाल भित्रिएको लामो समय सम्म पनि पीसिआर जाँच नभएको गुनासो आएको भन्दै नेपाल आएको दुई साताभित्र पीसीआर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले विदेशबाट आउने शसक्त, महिला, गर्भवती महिला, जेष्ठ नागरिक लगाएतको पनि निःशूल्क स्वास्थ परिक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले बिभिन्न देशबाट नेपाल फर्कने र नेपालभित्र रहेका श्रमिकहरुको लागि रोजगारीको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । उहाँले नेपाल आउनैपर्ने अवस्थामा नेपाल ल्याउने सरकारको निर्णयलाई स्वागत गर्दै कोरोना नियन्त्रणका लागि शसक्त रुपमा अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बिदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याइ व्यवस्थापन गर्ने बिषयमा तयारी भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमानहरु तयारी अवस्थामा रहेको बताउदै आवश्यक परे अन्य नीजि क्षेत्रका बिमानबाट पनि बिदेशमा रहेका नेपालीलाई उद्धार गरिने बताउयनुभयो ।

समिति सदस्यहरुले बिदेशमा समस्यामा रहेका नेपाल ल्गाएपछि सुरक्षित स्थानमा राख्नुपर्ने बताएका थिए । उनीहरुले चौरमा क्वारेनटाइन बनाउन नहुने सुझाव दिएका थिए ।बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले केहिदिनभित्रै खाडी मुलुकबाट आउने श्रमिहरुको आधिकारीत तथ्याङ्क आउने जानकारी दिनुभयो ।

अन्य देशको तथ्याङ् आउन भने केहि दिन लाग्ने उहाँले बताउनुभयो ।