नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन; पार्वत गुरुङ

2 years ago

नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन; पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिनुभयो ।

टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्नका लागि यसअघि गरिएका प्रतिबद्धताका बिषयमाा समिक्षा गर्ने बेला आएको बताउनुभयो ।

सबै हिसाबले समीक्षासहित दिगो र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जाानुपर्ने उहाको भनाई छ ।

उहाँले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

सरकारका प्रवक्ता गुरुङले सुखी नेपाली, समृद्ध नेपालको सरकारको उद्देश्यमा योगदान पुग्ने गरी टेलिकमले ग्राहकको चाहनानुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनाका साथै व्यावसायिक साझेदारी सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

आर्थिक वर्ष २०७६-०७७ मा टेलिकमको आय रु ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा रु नौ अर्ब ७४ करोड पुगेको छ । अवसरमा टेलिकमले फोरजी वाईफाईको रुपमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको छ ।