नेपाल क्रिकेट संघ क्यानले खेलाडीको तलब खातामा पठायो

2 years ago

नेपाल क्रिकेट संघ क्यानले खेलाडीको तलब खातामा पठायो

नेपाल क्रिकेट संघ ( क्यान ) ले सिनियर क्रिकेट खेलाडीको तलब  बुधबार खेलाडीको खातामा जम्मा गरिदिएको  छ ।

संघले २२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब पठाइसकेको स्रोतले जनाएको छ ।  क्यानले  अहिलेसम्म २०१९ को ग्रेडिङ लिस्ट र तलब पठाएको बारे केही सार्वजनिक गरेको छैन ।

क्यानले यसअघि आईसीसीको मागअनुसार  सेप्टेम्बर १ मा  रकम निकासा गरेको थियो । २२ खेलाडी र एक जना टेक्निकल एनालिस्टसहित २३ जनाको विवरण आईसीसीमा पठाएको थियो ।

पछिल्लो समय  नेपाली खेलाडीले २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट प्राप्त गरेका थिए ।