नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारको लक्ष्य

2 years ago

नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारको लक्ष्य

आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्या भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई पुर्ण साक्षर राष्ट्र बनाउन लागिएको बताउनुभएको हो । त्यस्तै, शिक्षामार्फत हरेक युवालाई देशभक्त, भविष्यप्रति आशावान, आत्मविश्वासी, सिर्जनशील बनाउने सरकारको लक्ष्य लिएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

विषयगत जनशक्ति उत्पादन गर्ने शिक्षामा सरकारले ध्यान दिने भएको छ । यस्तै सरकारले आगामी वर्ष विश्वविद्यालको पाठ्यक्रम समयानुकुल परिवर्तन गर्ने समेत उल्लेख छ । यसैगरी, विश्वविद्यालयको अनुसन्धान कार्यक्रमलाई थप बलियो बनाउने सरकारको दाबी छ ।

सबै विद्यालय उमेर समूहका विद्यार्थीलाई विद्यालय भर्ना गराउने र कक्षामा टिकाउन जोड दिइने समेत सरकारको नीति हुने राष्ट्रपति भण्डारीले बतायनुभयो ।

विद्यालयस्तरमा विज्ञान विषयलाई रुचिकर बनाउने रणनीति समेत लिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।