नेपालका लागि पूर्व बेलायती राजदूतको शव जंगलमा भेटियो

2 years ago

नेपालका लागि पूर्व बेलायती राजदूतको शव जंगलमा भेटियो

करिब ४ महिनादेखि बेपत्ता रहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटिएको  छ।

उनी ६ मे का दिन बेन्टलीबाट मर्निङ वाक जादाँ  देखि नै बेपत्ता थिए । शव ह्यम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ । शवको औपचारिक पहिचान हुन बाँकी भएको र  शवका बारेमा बुझ्न उनका परिवारलाई खबर गरिएको  बिबिसीले जनाएको छ । मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत थिए ।

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्किएका थिए । उनले नेपाल बसाईको क्रममा नेपालको  प्राकृति सौन्दर्यता र संस्कृतिबाट आफू प्रभावित भएको बताएका थिए । नेपालपछि बेलायत सरकारले उनलाई फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिएको थियो।

उनी त्यहाँ जानुअघि नै  बेपत्ता भएका थिए । प्रहरीले उनको मृत्युबारे  थप अनुसन्धान गर्ने बताइएको छ ।