नेपालको डिजिटल टिभी कम्पनीहरु एकिकृत भएर अघि बढ्ने घोषण

2 years ago

नेपालको डिजिटल टिभी कम्पनीहरु एकिकृत भएर अघि बढ्ने घोषण

नेपालमा डिजिटल टिभी सेवा दिइरहेका कम्पनीहरुले एकिकृत भएर अघि बढ्ने घोषणा गरेका छन्।

नेपालमा डिजिटल माध्यमबाट टेलिभिजन सेवा दिइरहेका कम्पनीहरुले शुक्रबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल दर्ता गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । यद्यपी यसको कानूनी दर्ता प्रक्रिया भने सकिएको छैन ।

गएको हप्ता नेपालका विरुद्धमा गलत समाचार दिएको भन्दै भारतीय च्यालन बन्द गर्दा संगठित संस्था नहुँदा समस्या भएको भन्दै उनीहरुले अव देखि एकिकृत भएर पैरवी गर्ने घोषणा समेत गरेका छन् ।

मल्टी सर्भिस अपरेटरहरुले नयाँ संस्थाको आवश्यकता महशुस भएकाले एशोसिएसन गर्न लागिएको दाबी गरेका छन् । 

केवल टिभी व्यवसाय फरक भएको तर डिजिटल सेवा दिनेहरु आफै पनि मल्टि सर्भिस प्रोभाइडर पनि भएकाले छुट्टै संस्थाको आवश्यकता भएको डिशहोमका प्रबन्ध निर्देशक एवं एसोसिएशनका अध्यक्ष सुदिप आचार्यले जानकारी दिनुभयो ।

उहाका अनुसार संस्थामा डिसहोम, म्याक्स टिभी, भायोनेट टीभी, प्रभु टीभी, क्लियर टीभी, सुबिसु लगायतका संस्थाहरुमा रहेका छन् । आचार्यले डिजिटल अपरेटरहरुको हकहितको लागि संस्थाले काम गर्ने दाबी पनि गर्नुभयो ।