नागरिक शान्तिसभाको आयोजना गर्दै एमसीसी विरोध

2 years ago

नागरिक शान्तिसभाको आयोजना गर्दै एमसीसी विरोध

एमसीसी सम्झौता मुलुकको हित विपरित भएको भन्दै नागरिक आवाज नामक अभियानले शुक्रबार काठमाडौंमा नागरिक शान्तिसभाको आयोजना गरेको छ ।

काठमाडौंको बसन्तपुरमा राष्ट्रिय स्वाधिनता, सह–अस्तीत्व तथा सुशासनको पक्षमा एमसीसी सम्झौता नरहेको भन्दै विरोध स्वरुप नागरिक शान्तिसभाको आयोजना गरेका हुन् । नागरिकसभामा सहभागीहरुले एसीसी सम्झौता राष्ट्रघाती भएकोले नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमान गर्ने कुनै कार्य नगर्न सरकारलाई सुझाव दिएका थिए ।

एमसीसीको विरोधमा अभियानले असार ५ गतेदेखि पदयात्रा पनि गरिरहेको छ । पदयात्राको आठौं दिन काठमाडौंको बसन्तपुरमा नागरिक शान्तिसभा गरिएको अभियानले जनाएको छ ।