नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि

2 years ago

नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि

जापानकी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आज बिहान भएको खेलमा बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जीत निकाल्दै उपाधि जितिन् । उनले १–६, ६–३ र ६–३ को सेटमा अजारेन्कालाई पराजित गरेकी हुन् ।

ओसाकाले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिईन् । उनले अहिलेसम्म फाइनल पुगेका सबै ग्रास्डस्लाम जितेकी छन् ।