नाइजेरियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जना सर्वसाधारणको मृत्यु

2 years ago

नाइजेरियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जना सर्वसाधारणको मृत्यु

नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा  १२ जना सर्वसाधारणको  मृत्यु भएको छ  ।

कादुना राज्यको गिवा गाउँमा अन्धाधुन्ध गोली प्रहार गरेर हत्या गरेका र धेरै सर्वसधारण  घाइते भएको को प्रहरीले जनाएको छ । उनीहरुले   किन हत्या गरेको हो भन्ने बारेमा केही थाहा नभएको  प्रहरीले  बताएको छ । गिवा गाउँको किदान्दान र कदाई भन्ने स्थानमा  बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए । 

गएको शुक्रबार र शनिबार  हतियारधारी आएर बन्दुकले हमला गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन । हमलामा परी गाँउका धेरै जना घाईते भएका छन ।

त्यहाँ  केही महिनादेखि हिंसाका घटना भइरहेका छन्  जिल्लाका जिल्ला प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै  प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।