दिल बेचारा’ को ट्रेलरले बनायो विश्व रेकर्ड

2 years ago

दिल बेचारा’ को ट्रेलरले बनायो विश्व रेकर्ड

सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलर सोमवार रिलिज भए सँगै ट्रेलरले विश्व रेकर्ड बनाएको छ । ट्रेलरलाई लाखौँले मन पराएका छन् । ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो भएको थियो ।

ट्रेलर रिलिज हुनु अगाडि नै ५५ हजार लाइक्स पाइसेकेको भिडियोले विश्व रेकर्ड बनाउन सफल भएको हो । फिल्म  ‘दिल बेचारा’ २४ जुलाई डिज्नि हटस्टार मार्फत रिलिज हुदैँछ।

फिल्म ‘दिल बेचारा’ को निर्देशन मुकेश छाबडाले गरेका छन् । उनीद्वारा निर्देशित यो पहिलो फिल्म हो । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि भूमिका छ ।

अभिनेता सुशान्त सिंह राजपुतले १४ जूनमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनले किन आत्महत्या गरे भन्ने बारेमा अहिलेसम्म अनुसन्धान भईरहेको छ ।