थाइल्याण्डमा आपतकालीन अवस्था घोषणा

2 years ago

थाइल्याण्डमा आपतकालीन अवस्था घोषणा

थाइल्याण्डमा सरकारले प्रदर्शन चर्किँदै गएपछि आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

शान्ति तथा कानूनी व्यवस्था लागु गर्नका लागि आपतकालीन अवस्था लागु गर्नु पर्ने सरकारीले आदेश दिइएको छ । सरकारविरोधी प्रदर्शन राजधानी बैंककसहितका ठाउँमा भइरहेको छ । बैंककमा शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाइने भएको छ ।

विद्यार्थीको अगुवाईमा भएको प्रजातन्त्रवादी प्रदर्शनकारीले प्रधानमन्त्रीको शक्तिको माग गरेका छन् । बिहीबार बेलुका चार बजेदेखि आपतकालीन अवस्था लागु गरिएको छ । प्रहरीले अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ त्यस मध्य तीन जना नेता परिएको र नामहरु खुलासा गरिएको छैन् । प्रधानमन्त्री प्रायुथ चान–ओचाले सम्बोधन गरी आपतकालीन अवस्था घोषणा गरेका हुन् ।