थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चाङ–ओचाले पदबाट राजीनामा नदिने

2 years ago

थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चाङ–ओचाले पदबाट राजीनामा नदिने

हजारौं मानिसहरु सडकमा ओर्लिए पनि प्रधानमन्त्रीले आफूपछि नहट्ने जानकारी दिएका छन् । बिहीबारको दिनमा थाइल्याण्डले आपतकालको घोषणा गर्दै पाँच जनाभन्दा बढी मानिसको भेलामा रोक् लगाउने निर्णय गरेको छ । थाइल्याण्डका राजाको अधिकार कटौती तथा प्रधानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको छ ।

आपतकाल घोषणासँगै प्रहरीले मुद्दा दायर नगरी ३० दिनसम्म प्रदर्शनकारीलाई हिरासतमा लिने अनुमति पाएको छन् । प्रायुथले सबैलाई नियमको पालना गर्न आग्रह गरेका छन् । सन् २०१४ मा शक्तिमा आएका प्रधानमन्त्रीमाथि गएको वर्षमा भएको निर्वाचनमा धाँधली गरी जितेको आरोपमा रहेको छ ।

आन्दोलनकारीहरुले नयाँ संविधान निर्माण गरिनुपर्ने माग गर्दै आएका छन् । गएको हप्ता थाइल्याण्डमा ४० भन्दा धेरै आन्दोलनकारीहरु पक्राउ परेका थिए भने शुक्रबार हुन गइसकेको आन्दोलनमा थप मानिसहरु पक्राउ गर्ने तयारी भइरहेको छ ।