टी-२० सिरिजको जित इंग्ल्याण्डलाई

2 years ago

टी-२० सिरिजको जित इंग्ल्याण्डलाई

टी-२० सिरिजको खेलमा इंग्ल्याण्डले अन्तिम खेलअघि नै अष्ट्रेलियाविरुद्ध जिते हात पारेको छ  ।

गएराति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेपछि इंग्ल्यान्डले एक खेल अगाडि  सिरिज आफ्नो पोल्टोमा पारेको हो । पहिलो खेलमा २ रनको जित हात पारेको इंग्ल्याण्डले २-० को अग्रता लिएको थियो ।

साउथह्याम्पटनको रोज बलमा भएको खेलमा अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डलाई जित दिलाउन ओपनर जोस बट्लरले अविजित रहदै ७७ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए ।यस्तै ग्लेन म्याक्सवेलले २६, एस्टन अगरले २३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए । जोफ्रा आर्चर,मार्क उड एदिल राशिदले १-१ विकेट लिए ।

सरिजको अन्तिम  खेल मंगलबार हुनेछ । टी-२० सिरिजपछि अष्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको ओडिआई सिरिज हुनेछ ।