ज्याकलिनले आफ्नो जन्मदिनको अवसरमा २ गाउँका १५ सय मानिसको जिम्मा लिईन

2 years ago

ज्याकलिनले आफ्नो जन्मदिनको अवसरमा २ गाउँका १५ सय मानिसको जिम्मा लिईन

बलिउड कलाकार ज्याकलिनले आफ्नो जन्मदिनको अवसरमा २ गाउँका १५ सय ५० मानिसको  ३ बर्षका लागि जिम्मा लिएकी छिन।

ज्याकलिनले ३ बर्षसम्म गाउँमा रहेका १५ सय बढी मानिसहरुका लागि खानेकुराको व्यवस्था गर्नेछिन् । गाउँका मानिसहरु आधारभुत आवश्यकताबाट बन्चित रहेकोले  ज्याकलिनले  उनीहरुलाई जिम्मा लिएकी बताएकी छिन् । बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् ।

कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मानिसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । ज्याकलिनले भारतीय मिडियासँग कुरा गर्दै उनले गाउँका धेरै बच्चाहरु कुपोषणको शिकार भएका र बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्थाका साथै गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्ने बताएकी छिन् ।

गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा आमाहरु अनविज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरुका लागि चेतनामुलककार्यक्रम आवश्यक रहेको बताइन् । उनका अनुसार, गाउँमा २० वटा किचेन तयार गरिनेछ । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् ।