चेल्सीलाई २-१ गोलले पराजित गर्दै एफए कपको जित अर्सनललाई

2 years ago

चेल्सीलाई २-१ गोलले पराजित गर्दै एफए कपको जित अर्सनललाई

गएराति भएको एफए कपको फाइनल खेलमा चेल्सीलाई २-१ गोलले हराउदै एफए कपको जित अर्सनललाई हात पारेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । उसले खेलको पाँचौ मिनेटमा नै गोल गरेको थियो । चेल्सीका खेलाडी क्रिस्टियन पुलिसिकले सुरुवाती गोल गरेर अग्रता लिएका थिए ।

तर खेलको २८ औं मिनेटमा आर्सनलका पियरे एम्रिक औबमेयाङले गोल गर्दै खेल बराबरी भएको थियो। सिसर अज्पिलिक्विटाले फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो ।

त्यसपछि दुवै टिमले गोल गर्न नसकेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफपछिको खेलको ६७ औं मिनेटमा औबमेयाङले निकोलस पुनदोस्रो गोल गरेका थिए ।

त्यसपछि  चेल्सीले अर्को गोल गर्न नसकेपछि औबमेयाङले निकोलसको दोस्रो गोल नै आसर्नलको जितका लागि पर्याप्त बन्यो । यो सँगै आर्सनल १४ औं पटक एफए कपको च्याम्पीयन बनेको छ ।