चलचित्र ‘एल हाउस’ को अफिसियल ट्रेलर सार्वजनिक

2 years ago

चलचित्र ‘एल हाउस’ को अफिसियल ट्रेलर सार्वजनिक

एक ताका चल्तीको नायक किशोर खतिवडाको लेखन तथा निर्देशन रहेको चलचित्र  ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । अहिले विश्व महामारीको रुपमा फैलिएको  कोरोना त्रास कायमै छ  भने अर्कोतिर घरबेटी र भाडामा बस्ने ब्यक्तिको पीडा र ब्यथा कहलिलाग्दो अवस्थामा रहेको छ ।

लकडाउनमा सामाजिक दुरी कायम गरेर निर्माण छायाँकन गरिएको फिल्ममा किशोर खतिवडा, रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतले अभिनय गरेको चलचित्रमा कोरोनाले  गर्दा आम मानिसले भोग्नु पर्ने समस्याहरुलाई उठान गरिएको छ।

चलचित्रमा  दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध, शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी, सुवास देवकोटाको सम्पादन  रहेको छ । चलचित्रको निमार्ण  शत्रुधन अन्सारी तथा राम महर्जनले गरेका हुन  चलचित्रको संगीत पक्ष र गीत भने  ईश्वर खड्काको रहेको छ ।