चोरिएका तथा हराएका मोटरसाइकल फेला पारी सम्बन्धीत सवारी धनीलाई हस्तान्तरण

2 years ago

चोरिएका तथा हराएका मोटरसाइकल फेला पारी सम्बन्धीत सवारी धनीलाई हस्तान्तरण

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरिएका तथा हराएका मोटरसाइकल फेला पारी सम्बन्धीत सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

परिसरका अनुसार उपत्यकाको विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल आइतबार धनीलाई हस्तान्तरण गरिएको हो । प्रहरीका अनुसार विभिन्न ठाउँमा पार्किङ गरेर राखिएका तथा घरमै रहेका मोटरसाइकलसमेत हराउने गरेका छन् । यस्ता गिरोह सक्रिय रहेकाले आफ्नो सामान सुरक्षितसाथ राख्न प्रहरीले आग्रह गरिएको छ ।

महाशाखाका प्रमुख श्याम ज्ञवाली मोटरसाइकल र स्कुटर गरेर २० वटा दुई पाङ्ग्रे सवारी सम्बन्धित धनीलाई बुझाएको र मोटरसाइकल चोरी हुनबाट रोक्न सवारी धनि पनि सचेत हुनुपर्ने बताउनुभयो । मोटरसाइकल प्राप्त गर्दा धेरै खुशी भएको प्रतिक्रिया दिँदै मोटरसाइकल धनीले खोजीमा लाग्ने प्रहरी टोलीलाई धन्यवाद दिएका छन् ।

अघिल्लो हप्ता पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसैगरी हराएर फेला पारेका ३० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।