घाइतेको हेलिकोप्टबाट उध्दार, बेपत्ताको खोजी जारी

2 years ago

घाइतेको हेलिकोप्टबाट उध्दार, बेपत्ताको खोजी जारी

बाह्बिसे नगरपालिका ५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई हेलिकप्टरबाट राजधानी उपचार गर्न लगिएको छ ।

गम्भीर दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौं उपचारको लागि लगिएको हो । राससका अनुसार  यसैगरी बाह्रबीसे बाढीमा परी घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।    

यस्तै सो घटनामा बेपत्ता हुनेहरुको पहिचान भएको पनि डिएसपी काप्लेले बताउनु भएको छ । बेपत्ता हुनेहरुमा बाह्बिसे नगरपालिका ५ का भीमबहादुर वाईवा, चिनीमाया वाईवा, निमाडोल्मा, लक्ष्मण, सुनमाया, जनक वाईवा रहेका छन् ।

त्यस्तै सबिना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोक बहादुर तामाङ, युत्त बहादुर, सुवेश, सविता तामाङ रहेका छन् । अन्यको पहिचान नखुलेको खोजी भईरहेको जनाइएको छ ।

मृत्यु हुनेमा सोही ठेगानाका निकेश बस्नेत र उनकी तीन बर्षीया छोरी रहेको डिएसपी काप्लेले जानकारी दिनु भयो।भोटेकोशी गाउँपालिका ५ का निमादोर्जे तामाङ, मञ्जु, पासाङनोर्बु र सहिल तामाङ रहेका छन् । बेपत्ता हुनेहरुलाई नेपाली सेना, प्रहरी र उद्धारकर्मीबाट खोजी कार्य भईरहेको छ ।