खेलाडीको रोकिएको एक वर्षको तलब उठाउन क्यानद्वारा आइसीसीलाई अनुरोध

2 years ago

खेलाडीको रोकिएको एक वर्षको तलब उठाउन क्यानद्वारा आइसीसीलाई अनुरोध

सन २०१९ देखि रोकिएको एक वर्षको तलब उठाउन  नेपाल क्रिकेट संघ ( क्यान) ले आइसीसीलाई अनुरोध गरेको छ ।

संघले एक वर्षको तलब माग गर्दै  सबै खेलाडीहरुको हस्ताक्षर सहितको नाम आईसीसीलाई बुधबार बुझाएको छ । क्यान निलम्बनमा परेका बेला संघको केन्द्रीय सम्झौतामा रहेका २१ खेलाडीलाई आईसीसीले तलब प्रदान गर्दै आएको थियो  भने  २०१९ को तलब खेलाडीहरुले अहिलेसम्म पाउन सकेका छैनन् ।

आईसीसीले नै खेलाडीको हस्ताक्षरसहितको पत्र पठाउन आग्रहको र  खेलाडीले रोकिएको तलब छिट्टै पाउनेमा विश्वस्त रहेको  छ । अब सन् २०२० को तलब खेलाडीले क्यानमार्फत पाउने छन् । तर, २०२० को तलब दिन अझै केही समय लाग्ने र यसअघि क्यानले २०१९ को खेलाडीको तलबमा १० हजारका दरले दिन अनुरोध गरेको थियो ।

जसमा ए श्रेणीमा रहेका खेलाडीको ३५ हजार, बी श्रेणीको २५ हजार र सी श्रेणीको १५ हजार मासिक रुपैयाँ दिन आईसीसीलाई अनुरोध गरेको थियो ।