क्रिस्टल प्यालेसमाथि बर्नमाउथको रोमाञ्चक जित

2 years ago

क्रिस्टल प्यालेसमाथि बर्नमाउथको रोमाञ्चक जित

एफसी फुटबल लिग कपमा  बर्नमाउथले क्रिस्टल प्यालेसमाथि रोमाञ्चक जित हात पारेको छ ।

गएराति भएको खेलमा बर्नमाउथले प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दुई टोलीले कुल २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथ ११-१० ले जित भएर दोस्रो चरणको खेलमा  पुग्न सफल भएको हो ।

दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए । खेलको ११ औं पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुकेका थिए । १२ औं प्रहारमा बर्नमाउथले गोल गर्दै गर्दा क्रिस्टल प्यालेसले गोल गर्ने सकेन ।

क्रिस्टल प्यालेसको १२ औं प्रहार लाई बर्नमाउथका गोलरक्षक एस्मिर बेगोभिकले बचाउदै जित दिलाएका थिए।