किर्गिस्तानका राष्ट्रपतिले सुरोनबे जीनबेकोभको राजीनामा

2 years ago

किर्गिस्तानका राष्ट्रपतिले सुरोनबे जीनबेकोभको राजीनामा

किर्गिस्तानका राष्ट्रपति सूरोनबे जीनबेकोभले बिहीबार राजीनामा दिएका छन् ।

बहिर्गमनको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शकारीहरु र सुरक्षाकर्मीको बीचमा द्वन्द्वको अवस्था आउन सक्ने आशंकाको कारण राजीनामा दिएको छ । गएको अक्टोबर ४ मा भएको निर्वाचनपछि अहिले किर्गिस्तानमा निरन्तर आन्दोलन चलिरहेको छ । साथै गएको हप्तामा जीनबेकोभले पदबाट राजीनामा दिने घोषणा गरेका थियो ।

तर, बुधबार भएको संसदीय निर्वाचनमा पनि जापारोभ नै निर्वाचित भएपछि जीनबेकोभले उनलाई स्वीकार गर्ने जनकारी दिए । जापारोभ किर्गिस्तानका राष्ट्रवादी नेता मानिएको छ । चीनसँग सीमा जोडिएको मध्य एसियाली मुलुक किर्गिस्तानमा केही वर्षयता राजनीतिक अस्थिरता देखिएको छ ।

रुसको निकट यो मुलुकमा क्यानडाको स्वामित्वमा रहेका ठूला सुन खानी पनि रहेको छ ।