कंगनाको कार्यालय तोडफोड रोक्न अदालतको आदेश

2 years ago

कंगनाको कार्यालय तोडफोड रोक्न अदालतको आदेश

मुम्बई उच्च अदालतले बलिउड अभिनेत्री कंगना रनौतको कार्यालयमा मुम्बई महानगरपालिकाको कारबाहीमाथि रोक लगाउने आदेश दिएको छ । उच्च अदालतले बीएमसीसँग कंगनाको उजुरीमाथि जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

यसअघि मुम्बई महानगरपालिकाको एक टिमले अभिनेत्री कंगना रनौतको भवनको केही हिस्सामा डोजर चलाउँदै कारबाही सुरु गरेको थियो ।

कंगना रनौतले ट्विट गर्दै यस कारबाहीको तस्वीर पोस्ट गर्दै एक पटक फेरि मुम्बईको तुलना पाकिस्तान प्रशासित काश्मिरसँग गरेकी छन् । उनको पछिल्लो यही भनाईले हंगामा मच्चाएको थियो ।

उनले लेखेकी छन्, ‘म कहिल्यै पनि गलत छैन र मेरा दुश्मनले यसलाई पटक पटक साबित गरेका छन् । यसकारण मेरो मुम्बई अब पीओके हो ।’ उनी बुधबार नै हिमाञ्चल प्रदेशबाट मुम्बई फर्किदै छिन् ।