एमसीसी विरोध प्रदर्शन गर्ने युवाहरुलाई पक्राउ

2 years ago

एमसीसी विरोध प्रदर्शन गर्ने युवाहरुलाई पक्राउ

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । युवाहरुले निरन्तर एमसीसी खारेज गर्न माग गर्दै चर्का नारा लगाउदै विरोध प्रदर्शन गर्दै आएका छन् ।

पक्राउ पर्ने क्रममा उनीह?ले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै सरकार बिरोधी नारा पनि लगाएका थिए । एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकमा विरोध भइरहेको छ ।