एमसीसीको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन

2 years ago

एमसीसीको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन

सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बिरोधमा सोमबार  काठमाडौंमा विरोध भएको छ ।

एमसीसीका बारेमा सत्तारुढ नेकपाभित्र नै विवाद भइरहदा यसको बिरोधमा भने दिनहुँ विरोध भइरहेको छ ।  (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै सोमबार युवाहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी भएकाहरुले एमसीसी खारेज गर्न माग गर्दै चर्का नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै सरकार बिरोधी नारा लगाएका थिए । एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सडकमा विरोध चर्किरहेको छ ।