एमसीसीको  विरोध

2 years ago

एमसीसीको  विरोध

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

एमसीसीको विरोधमा मंगलबार दिउँसो युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी अस्वीकार गरौँ’, ‘एमसीसी खारेज गर’, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले सडकको बिचमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरुले आन्दोलन जारी रहने बताएका छन् ।