एक रुपैयाँ लिएको छैन खेलकुदमन्त्री

2 years ago

एक रुपैयाँ लिएको छैन खेलकुदमन्त्री

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट एक रुपैयाँ नलगेको स्पष्ट पार्नुभएको छ ।  

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय माथि सांसदले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले मन्त्री विश्वकर्माले आफुमाथि लगाईएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिनुभयो ।

बैठकमा बिनियोजित बजेटमाथिको छलफलमा भाग लिदै सांसद प्रदीप यादवले एन्फाले खेलुकद मन्त्रीलाई माया गरेर १७ करोड रुपैयाँ दिएको आरोप लगाउनुभएको थियो । मन्त्री विश्वकर्माले आफुमाथि लगाएको आरोप गम्भिर भएको बताउँदै संसदको रेकर्डबाट सो अभिब्यक्ती हटाउन माग गर्नुभयो ।

उहाँले निष्ठा र कर्तब्यका साथ मन्त्रालयको जिम्मेवारी सम्हालिएको दाबी गर्दै आफुलाई एन्फाले मात्र नभएर सम्पूर्ण खेलकुद क्षेत्रले माया गर्ने गरेको उल्लेख गर्नुभयो ।

उहाँले यस बर्ष खेलकुद क्षेत्रमा कुल बजेटको ०.१६ प्रतिशत बजेट विनियोजन भएकाले नयाँ काम भन्दा पनि पुरानै र अत्यवाश्यक कामका लागि मात्रै खर्च हुने बताउनुभयो । पूर्वाधार निर्माणको कामसँगै खेलाडीको सुरक्षा लगाएतका कुरा सरकारको जिम्मामा रहेको पनि मन्त्री विश्वकर्माले बताउनुभयो ।

विरगञ्जको नारायणी रंगशाला सरकारले निर्माण गर्ने बताउँदै उहाँले नेपालगञ्ज र इटहरीको रंगशाला प्रदेशस्तरीय रंगशालाको रुपमा रुपान्तरण गर्न लागि परेको जानकारी दिनुभयो । त्यस्तै उहाँले युवा लक्षित कार्यक्रमहरुलाई निरन्रता दिने बताउनुभयो ।