“इनफ इज इनफ” को विरोध

2 years ago

“इनफ इज इनफ” को विरोध

इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि गम्भीर नबनेको भन्दै सरकारविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको धुम्वाराहीमा इनफ इज इनफ अभियानमा संलग्न युवाहरुले धर्नासहितको विरोध प्रदर्शन गरेका हुन । अभियानले कोभिड–१९ व्यवस्थापनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको हो । लक्षणहरू देखिए वा नदेखिए पनि जोखिममा भएका सबैका लागि तुरुन्तै पीसीआर परीक्षण उपलब्ध गराउन उनीहरुको माग छ ।

अभियानका केहि सदस्यहरुले नवौं दिनपनि अनसन जारी राखेका छन् । विरोधमा उत्रेका युवाहरुले प्रधानमन्त्रीले अनशनमा बसेका अभियन्ताहरुसंग भेट गरेपनि मागका बारेमा वेवास्ता गरेको आरोप लगाए । उनीहरुले आफुहरुको जायज माग जनताका लागि भएको पनि बताउदै कुनै ठूलो माग नभएको जनाएका छन् ।

खतरामा भएका सबैलाई चार तहमा विभाजन गर्ने विधि अपनाएर परीक्षण गर्न पनि अभियानले माग गरेको छ ।