इन्टर मिलान युरोप लिगको फाइनलमा प्रवेश

2 years ago

इन्टर मिलान युरोप लिगको फाइनलमा प्रवेश

इटालियन क्लब इन्टर मिलान युइएफए युरोप लिगको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा युक्रेनी क्लब साख्तर डोनेक्समाथि ५ - ० को सानदार जित निकाल्दै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो । इन्टर मिलानलाई शानदार जित दिलाउनको लागि फरवार्डद्धय लोउटारो मार्टिनेज र रोमेलु लुकाकु चम्किए ।

मार्टिनेज र लुकाकु समान दुई दुई गरे पहिलो हाफमा १- ० को अग्रता लिएको इन्टरले दोस्रो हाफमा चार गोल थपेका थिए भने खेलको १९ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई शुरुमा अग्रता दिलाएका थिए ।

निकोलो बरेल्लाको क्रसमा मार्टिनेजले हेडरमार्फत गोल गरेका थिए भने खेलको ६४ औं मिनेटमा ड्यानिलो डि एम्ब्रुसियोले गोल गर्दै इन्टर मिलानले अग्रता  लिएका थियो ।  खेलको ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३- ० ले अघि बढाए । त्यसपछिको दुई गोल लुकाकुले गरेको थियो ।

उनले ६ मिनेटको अन्तरमा दुई गोल गर्दै इन्टरलाई जित दिलाएको थियो । खेलको ७८औं मिनेटमा मार्टिनेजको पासमा लुकाकुले गोल गर्दै इन्टरलाई ४ - ० ले अघि बढाए । ८३औं मिनेटमा लुकाकुले स्टेफनकोपासमा व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५- ० को शानदार जित दिलाए ।

तीन पटकको च्याम्पियन इन्टर मिलान पाँचौपटक युरोप लिगको फाइनलमा पुग्न सफल भएको हो । फाइनल शुक्रबार राति हुनेछ ।