इटलीमा सात महिनापछि विद्यालयहरु सञ्चालन

2 years ago

इटलीमा सात महिनापछि विद्यालयहरु सञ्चालन

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइृरसबाट धेरै देशहरु प्रभावित भएको छ ।

त्यस्तै कोरोना भाईरसबाट अति प्रभावित भएको मुलुक इटलीमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छ । कोरोना भाईरसको संक्रमण अनियन्त्रि रुपमा फैलिन थालेपछि इटली सरकारले  दुई महिनासम्म  अति कडा लकडाउन लागु  गरेको थियो ।

लकडाउनका कारण इटलीमा  झण्डै ८० लाख बालबालिका प्रभावित भएको थियो । इटलीका कतिपय बालबालिकाहरु कोरोनाको कारण परिवार बिहिन भएका छन ।

विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानी विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताउनुभयो ।