3 years ago
इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटको खेल तालिका आज सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १३ औं संस्करणको आईपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि युएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियन्स र साविक विजेता चेन्नई सुपरकिङ्स भिड्ने भएका छन् ।
त्यस्तै,दोस्रो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली कयापिटल्सले किङ्स इलाभेन पन्जाबको सामना गर्नेछ । तेस्रो खेलमा सनराइजर्स हैदरावादविरुद्ध रोयल च्यालेन्जर बेङगलोर मैदान उत्रिने छ ।
आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्नेछ । यस सिजनका आईपीएलका खेलहरु यूएईका तीन खेल दुबई, शारजाह र आबुधावीमा कुल ४६ खेल खेलिने छन् ।