अस्ट्रेलियाको बिग बास लिग बीबीएल टी२० क्रिकेट आगामी डिसेम्बर पहिलो साताबाट सुरु

2 years ago

अस्ट्रेलियाको बिग बास लिग बीबीएल टी२० क्रिकेट आगामी डिसेम्बर पहिलो साताबाट सुरु

अस्ट्रेलियाको बिग बास लिग बीबीएल टी२० क्रिकेट आगामी डिसेम्बर पहिलो साताबाट सुरु हुने भएको छ ।बुधबार आयोजकले  १०औं संस्करणको लिग डिसेम्बर ३ बाट सुरु हुने जनकारी गराएको छ । बीबीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छ। अगामी फेब्रुअरी ६ मा बीबीएलको फाइनल खेल  हुने छ।

बीबीएलले प्रतियोगिता लिगको खेल तालिका समेत सार्वजनिक गरेको छ । पहिलो खेलमा एडिलेट स्ट्राइकर्स र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली युवा स्टार सन्दीप लामिछानेले पछिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।