अमेरिकामा सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड

2 years ago

अमेरिकामा सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड

अमेरिकामा ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिइँदै छ ।

 सन् २००४ मा गरेको अपराधमा दोषी पाएकी लिजा मोन्टगोमेरीलाई आगामी डिसेम्बर ८ मा घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने बताएको छ । ८ महिनामा लिजाले मिजोरीकी गर्भवती महिलालाई हत्या गर्दै उनको बच्चालाई अपहरण गरेको थियो ।

यसअघि सन् १९५३ डिसेम्बर १८ मा बोनी ब्राउन हेडी नामकी महिलालाई अमेरिकामा मृत्युदण्ड दिइएको थियो । ६७ वर्षमा लिजा अमेरिकामा मृत्युदण्ड पाउने पहिलो महिला हुन्।