अमेरिकामा आगलागीबाट कम्तीमा ३० जनाको मृत्यु

2 years ago

अमेरिकामा आगलागीबाट कम्तीमा ३० जनाको मृत्यु

अमेरिकाको पश्चिमी समुद्रसँग जोडिएका राज्यहरुमा फैलिएको आगलागीका कारण अहिलेसम्म  ३० जनाको मृत्यु भएको छ ।

आगलागीबाट अमेरिकाको ओरेगोन राज्यमा धेरै मानिसहरु बेपत्ता भएका छन् । गएको तीन हप्तादेखि अमेरिकाको ओरोगोन, क्यालिफोर्निया र वासिङ्टनमा आगलागी भएको छ । आगलागीबाट अमेरिकाको धेरै   जमिन प्रभावित बनेको छ ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले जलवायु परिवर्तनको कारण यस्तो समस्या सृजना भएको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई बेवास्ता गरेको कारण  यस्ता घटना भएको बताएका छन् ।

अमेरिकाको विभिन्न १६ ठाउँमा आगलागी फैलिएको छ । अहिलेसम्म ४० हजारभन्दा धेरै मानिसहरुलाई एक केन्द्रमा राखिएको छ । वासिङटनमा पनि विभिन्न १५ स्थानमा आगलागी फैलिएको छ ।

 यो राज्यमा हजारौं मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ भने १४ हजार आठ सयभन्दा धेरै मानिसलाई आगो नियन्त्रणमा खटाइएको छ ।