अभिनेत्री रिया चक्रवर्ती पक्राउ

2 years ago

अभिनेत्री रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको छ ।

उनी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका हुन् । उनीमाथि ड्रग्स प्रयोग गरेको सहित विभिन्न गम्भीर आरोप लागेको थियो ।

नार्कोटिक्स कन्ट्रोल ब्युरोको डिपुटी डायरेक्टर केपीएस मल्होत्रालाई उद्धृत गर्दै न्युज एजेन्सी एएनआईले रियालाई पक्राउ गरिएको पुष्टि गरेको हो । उनलाई पक्राउ गरेपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिएको छ ।

रिया मंगलवार बयानका लागि एनसीबीमा पुगेकी थिइन् । उनी पुगेको केही घन्टापछि उनको गाडी फिर्ता गरिएको थियो । ३ घण्टा सोधपुछपछि उनलाई एनसिबीले पक्राउ गरेको हो ।