अभिनेत्री कंगना रनौतलाई हिमाञ्चल प्रदेश प्रहरीको सुरक्षा

2 years ago

अभिनेत्री कंगना रनौतलाई हिमाञ्चल प्रदेश प्रहरीको सुरक्षा

बलिउड अभिनेत्री कंगना रनौतलाई हिमाञ्चल प्रदेश प्रहरीले सुरक्षा दिने भएको छ ।

अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्याको बारेमा आवाज उठाउँदैं आएकी उनी हिमाञ्चल प्रदेशमै रहेकी छिन् । हिमाञ्चल प्रदेशका मुख्यमन्त्री कार्यालयले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

कंगनाको बुवाले मुख्यमन्त्रीलाई पत्र लेखेर छोरीलाई सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेपछि प्रदेश सरकारले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।