अफगानस्थानमा तालिबानको लडाकुको पल्छिलो आक्रमणमा, १६ सुरक्षाकर्मी मारिए

2 years ago

अफगानस्थानमा तालिबानको लडाकुको पल्छिलो आक्रमणमा, १६ सुरक्षाकर्मी मारिए

अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् ।

आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । तालिबान तिरको के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन र हमलाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

 अफगान सरकार र तालिबानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडपहरु नियमित रुपमा भइरहेका छन् । तालिबान र अमेरिकाबीच शान्ति स्थापनार्थ एक सम्झौतामा हस्ताक्षर भए पनि दिगो शान्ति स्थापनामा अझै जटिलताहरु रहेका छन् ।