अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगिटिभ

2 years ago

अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगिटिभ

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ ।

यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोना पोजिटिभ देखिएको र उनी अनमोल र उपसनाको फोटोसुटको दिन उनीहरुसँगै रहेकाले उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेका थिए। यसपछि अनमोल र उपसनाको स्वाब संकलन गरिएको थियो ।

नायक अनमोल केसीले भने–स्वाब संकलन भएपछि रिपोर्ट नआन्जेलसम्म डर  लागेको  तर रिपोर्ट आएपछि ढुक्क भएको अनमोलले बताए। स्वाब संकलन गरिएपछि अनमोल घरमै आइसोलेसनमा बसेका छन् । उनले घरमा पनि सामाजिक दुरी कायम गरेर बसेको जानकारी दिएका थिए ।