रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना फाइनलमा

3 years ago

रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना फाइनलमा

बुधबार राति भएको खेलमना रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको छ । 

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ । टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे । तर, फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन् । सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे ।

उसका मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेले गोल गर्न सकेनन् । २९औँ मिनेटमा टाइब्रेकरअघि जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा मिकेलले गोल गर्दै सोसिडाडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।