संघीय गणतन्त्रको अभ्यासलाई मजबुद बनाउदै अघि बढ्नुपर्ने : मन्त्री भट्टराई

3 years ago

संघीय गणतन्त्रको अभ्यासलाई मजबुद बनाउदै अघि बढ्नुपर्ने : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय गणतन्त्रको अभ्यासलाई मजबुद बनाउदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को सोमबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको संघीय गणतन्त्रको अभ्यास पुरानो नभएपनि नेपालीहरु परिपक्व देखिएको भन्दै यसलाई मजबुद बनाउदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भएको हो ।

अहिले सडकमा विभिन्न किसिमका आवाज उठेको र सरकारले यसलाई सकारात्मक रुपमा लिने भन्दै उहाले नेपाल अब पुरानो व्यवस्थामा  फर्कन नसक्ने स्पष्ट पार्नुभयो ।

नेपालको संविधानकै कारण स्वतन्त्र रुपमा नागरिकहरुले आफ्नो आवाज खुल्ला रुपमा राख्न सकेको उहाको भनाइ रहेको  छ । त्यस्तै मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई मजबुद बनाउन सकिने धारणा राख्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष बार्षित्कोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव गर्दै आएको छ।