युएईको निजी संस्थामा महिला र पुरुषको पारिश्रमिक बराबार

3 years ago

युएईको निजी संस्थामा महिला र पुरुषको पारिश्रमिक बराबार

यूएईको निजी संस्थामा  काम गर्ने महिलाले पनि अब देखि पुरुष सरह पारिश्रमिक पाउने भएको छ। यूएईमा नयाँ कानुन लागू भएसँगै निजी संस्थामा कार्यरत महिला कर्मचारीको पारिश्रमिक र पुरुष कर्मचारीको पारिश्रमिक बराबर भएको हो।

राष्ट्राध्यक्ष शेख खलिफा बिन जायदले जारी गर्नुभएको २०२० को संघीय कानुन नम्बर ६ अन्तर्गत पहिलो धारामा एउटै कम्पनीमा, एउटै पदमा कार्यरत महिला पुरुषको पारिश्रमिक बराबर हुने उल्लेख गरिएको छ । नयाँ कानुनले श्रम सम्बन्धमा १९८० मा जारी भएको ८ नम्बर कानुनको ३२ औं धारा परिमार्जन गरेको हो ।

यस नीतिले महिला सशक्तिकरण गर्दै महिला प्रतिभालाई निजी क्षेत्रमा प्रवेश गर्न प्रोत्साहित गर्ने अपेक्षा गरेको छ । यूएईले कुनै पनि संस्थामा  लैंगिक विभेद नहोस भनी यस्तो निति ल्याएको हो ।